आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५२.३१ रुपैयाँ

२ हप्ता अगाडि
आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५२.३१ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा रहेको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९० पैसा र बिक्रीदर ११० रुपैयाँ ३४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३१ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा कायम गरिएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४ रुपैयाँ ६४ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा तोकिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १४ पैसा रहेको छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७२ पैसा र बिक्रीदर २३ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ३२ पैसा तोकिएको छ।

त्यस्तै, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ र बिक्रीदर ४०५ रुपैयाँ ५९ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ १८ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।