काठमाडौं । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा बहराइनले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।
मलेसियाको बाङ्गीस्थित वाईएसडी-यूकेएम ओभलमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको हो।
बहराइनका लागि फियाज अहमदले १५ र मुहम्मद वसिमले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बहराइनको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिए। उनले १० ओभरमा चार मेडनसहित १४ रन मात्र खर्चिए।
ललित राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिए।
एकदिवसीय क्रिकेटमा बहराइनले पहिलोपटक नेपालसँग प्रतिस्पर्धा गरिरहेको हो।