रसुवागढी जलविद्युत् आयोजनाको सुरुङबाट सेना फर्कियो

२ हप्ता अगाडि
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङबाट सेना फर्कियो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङमा मानिसको खोजी गरेर नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका भएपछि नेपाली सेना इन्जिनियर तथा ड्रोन टोलीसहित खोजीमा जुटेको थियो।

सेनाको टोलीले सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्म पुगेर ड्रोनसमेत उडाई खोजी गरेको थियो। तर, खोजीका क्रममा सुरुङभित्र मानवीय उपस्थिति फेला नपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि उद्धार टोली त्यहाँबाट फर्किएको हो।