काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। मंगलबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ।
पछिल्लो पाँच दिनमा सुनको मूल्य १६ हजार रुपैयाँले घटिसकेको छ। यस अवधिमा आइतबार मात्रै ९ हजार ५ सय रुपैयाँको गिरावट आएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेर ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।