मुम्बई । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा उनी सवार निजी विमान दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा पवारसहित दुई जना सुरक्षाकर्मी र दुई जना पाइलटको पनि ज्यान गएको छ।
पवार जिल्ला परिषद् निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन मुम्बईबाट बारामतीतर्फ जाँदै थिए। घटनापछि भारतभर राजनीतिक तथा सामाजिक क्षेत्रबाट शोक व्यक्त गरिएको छ।