काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
बुधबार नेप्से परिसूचक १५.४४ अंक अर्थात् ०.६१ प्रतिशतले बढेर २ हजार ५३८.११ विन्दुमा बन्द भएको हो। मंगलबार नेप्से ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको थियो।
बुधबार कुल २ अर्ब ९३ करोड ६५ लाख ६० हजार १६७ रुपैयाँबराबरको सेयर कारोबार भएको छ। मंगलबार २ अर्ब ९० करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
यस दिन ७२ लाख ५८ हजार कित्ता सेयर ३९ हजार ५३१ पटक कारोबार भएको छ। कुल ३५४ कम्पनीको सेयर कारोबार हुँदा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको घटेको छ। १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
बुधबार सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा अप्पर लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेका छन्।
सबैभन्दा धेरै मूल्य घट्नेमा एनएमबी बोन्ड, आरबीबी म्युच्युअल फन्ड र कुथेली बुखरी स्मल हाइड्रोपावर रहेका छन्।
उपसमूहतर्फ म्युच्युअल फन्ड र निर्जीवन बिमा समूहको सूचक घटेको छ भने बाँकी सबै उपसमूहको सेयर मूल्य बढेको छ।