आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको सुधार

२ महिना अगाडि
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको सुधार

काठमाडौं । आईसीसीले सार्वजनिक गरेको टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरीले सुधार गरेका छन् ।

नयाँ वरीयताअनुसार ऐरी छैटौँ स्थानमा उक्लिएका छन् । यसअघि उनी आठौँ स्थानमा थिए । यस्तै, कुशल भुर्तेल २६औँबाट २४औँ स्थानमा उक्लिएका छन् ।

कप्तान रोहित पौडेल भने ४३औँबाट ४५औँ स्थानमा झरेका छन्। गुल्सन झा, कुशल मल्ल र करण केसीको वरीयता भने यथावत रहेको छ।