आठौँ राष्ट्रिय खुला कराँते प्रतियोगिता हुने

२ महिना अगाडि
आठौँ राष्ट्रिय खुला कराँते प्रतियोगिता हुने

भक्तपुर । नेपाल सोतोकान कराँते संघको आयोजनामा माघ १६ र १७ गते आठौँ राष्ट्रिय खुला कराँते प्रतियोगिता आयोजना हुने भएको छ।

भक्तपुरस्थित आदर्श माध्यमिक विद्यालयको कभर्ड हलमा हुने प्रतियोगितामा देशभरका ४९ जिल्लाबाट करिब ५०० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगिताले कराँते खेलको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।