एकैदिन सुनको मूल्य तोलामा ९ हजार ५ सयले वृद्धि

२ महिना अगाडि
एकैदिन सुनको मूल्य तोलामा ९ हजार ५ सयले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। मंगलबार सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य तोलामा ७ हजार ३ सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारको अस्थिरता र विश्वव्यापी तनावका कारण सुन–चाँदीको मूल्य बढेको व्यवसायीहरूको भनाइ छ।