काठमाडौं । सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ ।