काठमाडौं । नागरिक समाजका १६ वटा संघसंस्थाले सांसद र प्रदेश सभामा सदस्य संख्या घटाउने विषयलाई राजनीतिक दलहरूको चुनावी घोषणापत्रमा समेट्न सुझाव दिएका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले नागरिक अधिकार, सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धि र समावेशितासँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राख्न दलहरूलाई आग्रह गरे।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई नियमित प्रक्रिया मात्र नभई देशको लोकतान्त्रिक दिशा तय गर्ने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ।