काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको ७४औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशतभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्।
काउन्सिलका रजिष्ट्रार सतिस कुमार देवका अनुसार कुल ९४३ जना परीक्षार्थीमध्ये ३७२ जना मात्र उत्तीर्ण भएका छन्। यसपटकको उत्तीर्ण दर ३९.४५ प्रतिशत रहेको छ।
एमबीबीएसतर्फ ७७५ जना सहभागीमध्ये ३०० जना ९३८।७ प्रतिशत० उत्तीर्ण भएका छन् भने बीडीएसतर्फ १६८ जनामध्ये ७२ जना (४२.८५ प्रतिशत) सफल भएका छन्।
परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा कम्प्युटर प्रणालीमार्फत सञ्चालन गरिएको थियो।