काठमाडौं । हिजो तोलामा ३ हजार रुपैयाँ घटेको सुनको भाउ आज फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ।
यसअघि गएको मंगलबार पनि सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १ सय ५५ रुपैयाँ बढेको छ। बढेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ।