काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आइतबार बिहान चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्।
चीन सरकारको निमन्त्रणामा प्रधानसेनापति सिग्देलले भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीनको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसाङ फोरममा सहभागिता जनाउनेछन्।
चीन प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई जंगीअड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
प्रधानसेनापति सिग्देल चीन भ्रमणमा रहेका बेला नेपाली सेनाको नेतृत्वको जिम्मेवारी बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिका रूपमा सम्हाल्नेछन्।