काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा एक हजार दुई सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार फेरि तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ। सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा झरेको छ।
गएको शुक्रबार सुनको भाउ तोलामा चार हजार आठ सय रुपैयाँ घटेको थियो। त्यसपछि आइतबार एक हजार दुई सय रुपैयाँ बढेर प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँ पुगेको थियो।
त्यसैगरी सोमबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ घटेको छ। चाँदीको मूल्य घटेर प्रतितोला चार हजार ६ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।