भोटेकोसी बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

८ घण्टा अगाडि
भोटेकोसी बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह "बालेन"ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री शाहले छलफल गरेका हुन्।

छलफलमा प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा गरिएको छ। अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानलगायतका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाका प्रभावित स्थानीय तहको अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री शाहले तत्काल गर्नुपर्ने काम तथा आगामी पुनरुत्थानका विषयमा जनप्रतिनिधिसँग छलफल गरेका हुन्।