काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार रुपैयाँ थियो।
यसैगरी चाँदीको मूल्य पनि आइतबार बढेको छ। चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर चार हजार ६ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
शुक्रबार चाँदी प्रतितोला चार हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो वृद्धिसँगै सुन र चाँदी दुवैको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको हो।