जसपा नेपालद्वारा पूर्वमन्त्री प्रदीप यादवसहित ८ नेता कारबाहीमा

२ महिना अगाडि
जसपा नेपालद्वारा पूर्वमन्त्री प्रदीप यादवसहित ८ नेता कारबाहीमा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा पूर्वमन्त्री प्रदीप यादवसहित आठ जना नेतामाथि कारबाही गरेको छ।

पार्टीले जारी गरेको विज्ञप्तिअनुसार उनीहरू पार्टी छाडेर नेकपा एमालेबाट उम्मेदवार बनेको तथा जसपाका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको कारण निष्कासन गरिएको हो ।

कारबाहीमा पर्ने नेताहरूमा पूर्वमन्त्री प्रदीप यादव, चन्दन कुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नबल किशोर सिंह र डा। शिवजी यादव रहेका छन् ।

पार्टीको नीति, अनुशासन र विधानविपरीत गतिविधिमा संलग्न भएकाले कडा निर्णय लिनुपरेको जसपाले जनाएको छ।