कपिलवस्तु । कपिलवस्तु–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र आगामी फागुन २१ को चुनावसँगै फेरि राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा आएको छ। तराई–पहाडको संगम, जातीय–सांस्कृतिक विविधता र विकासका अधुरा एजेन्डाले यो क्षेत्र सधैं राजनीतिक रूपमा संवेदनशील र प्रतिस्पर्धी रहँदै आएको छ।
यसै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट पूर्वमन्त्री सुरेन्द्रराज आचार्य चुनावी मैदानमा छन् । लामो राजनीतिक अनुभव, सरकारमा बसेर काम गरेको पृष्ठभूमि र संगठनात्मक पहुँचका कारण उनी कपिलवस्तु–२ का परिचित र प्रभावशाली नेतामध्ये पर्छन्।
सुरेन्द्रराज आचार्य : संक्षिप्त राजनीतिक परिचय
सुरेन्द्र राज आचार्यको जन्म काठमाडौंमा भएको हो । हाल उनी कपिलवस्तु बुद्धभूमि नगरपालिका–रनाईमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।
६७ वर्ष उमेर पार गरिसकेका आचार्य नेपाली कांग्रेसका अनुभवी नेता हुन् ।
राजनीतिक दल : नेपाली कांग्रेस
निर्वाचन चिन्ह : रुख
शैक्षिक योग्यता : स्नातक (त्रि.वि.)
अनुभव : पूर्वमन्त्री (२०८० बैशाख- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय) र सिँचाई राज्यमन्त्री
मन्त्रीका रूपमा रहँदा उनले नीतिगत तहमा काम गरेको अनुभव, संसद् र सरकार दुवैको अभ्यास बटुलेका नेता भनेर समर्थकहरूले मूल्याङ्कन गर्ने गर्छन्।
कपिलवस्तु–२ : क्षेत्रगत विशेषता र राजनीतिक मनोविज्ञान
कपिलवस्तु–२ क्षेत्र कृषि, सीमा व्यापार, श्रम आप्रवासन र आधारभूत पूर्वाधार मुख्य सरोकार भएका क्षेत्रहरूमध्ये पर्छ।
यहाँका मतदाता स्थानीय विकास, पहुँच भएको नेता, सामुदायिक सन्तुलन चाहेका छन् । यसलाई प्राथमिकतामा राखेर काम गरेको अनुभव र योजना सुरेन्द्रराजसँग छ ।
यस क्षेत्रका मतदाताले विगतमा दलभन्दा पनि व्यक्तिको प्रभाव, पहुँच र कामको हिसाब हेरेर निर्णय गर्ने प्रवृत्ति देखाएका छन्। यही कारण अनुभवी नेता र नयाँ अनुहारबीचको प्रतिस्पर्धा सधैं रोचक हुने गरेको छ ।
अनुभव बनाम परिवर्तनको बहस
पूर्वमन्त्री आचार्यको उम्मेदवारीसँगै कपिलवस्तु–२ मा “अनुभवको निरन्तरता कि नयाँ विकल्प ?” भन्ने बहस सतहमा आएको छ।
आचार्यको पक्षमा देखिने आधार
राष्ट्रिय राजनीतिमा पहुँच
सरकारमा बसेर काम गरेको अनुभव
कांग्रेसको संगठनात्मक संरचना
स्थानीय स्तरमा चिनजान र पहिचान
कपिलवस्तु–२ मा नेपाली कांग्रेस, एमाले, नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले प्रतिस्पर्धा रोचक भनेछ, तर आचार्यको योजना विगतको कामले अरुलाई कठिन बनाइदिन्छ । अनुभवी नेता सुरेन्द्रराज आचार्यका लागि यो चुनाव केवल जित–हारको प्रश्न मात्र होइन, अनुभवको राजनीतिक सान्दर्भिकता पुनः प्रमाणित गर्ने अवसर पनि हो ।