सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन सुन २० हजारले बढ्यो

२ महिना अगाडि
सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन सुन २० हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज एकैदिन सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढ्दै नयाँ कीर्तिमान बनाएको हो 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार एक तोला सुन ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज चाँदीको मूल्य एकैदिन २०५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५६० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने त्यही परिमाणको चाँदी (सेतो धातु) १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा देखिएको व्यवसायीहरूको भनाइ छ ।