देशभर शहीद दिवस मनाइयो, लैनचौरमा मुख्य समारोह

२ महिना अगाडि
देशभर शहीद दिवस मनाइयो, लैनचौरमा मुख्य समारोह

काठमाडौं । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार शहीद दिवस मनाइएको छ। शहीद दिवसका अवसरमा काठमाडौंको लैनचौरस्थित शहीद पार्क (शहीद स्मारक) मा मुख्य समारोह आयोजना गरिएको थियो ।

समारोहमा ज्ञात तथा अज्ञात शहीदहरूको स्मृतिमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको थियो । प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, संघीय सरकारका मन्त्रीहरू तथा विभिन्न उच्च पदाधिकारीहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।

शहीद दिवसका दिन प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका लागि राणाकालीन तथा पछिल्ला विभिन्न आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने शहीदहरू—शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गंगालाल श्रेष्ठलगायत—को योगदान स्मरण गर्दै सम्मान प्रकट गरिन्छ ।