एमालेको निर्वाचन घोषणापत्र फागुनको पहिलो साता सार्वजनिक हुने

२ महिना अगाडि
एमालेको निर्वाचन घोषणापत्र फागुनको पहिलो साता सार्वजनिक हुने

काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो निर्वाचन घोषणापत्र फागुनको पहिलो हप्ता सार्वजनिक गर्ने भएको छ।

प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको कार्यतालिकाका कारण घोषणापत्र सार्वजनिक गर्न ढिलाइ भएको बताए ।

लोकतन्त्र संवाद र बहसको प्रणाली भएको उल्लेख गर्दै उनले चुनावलाई नीतिगत र कार्यक्रमगत बहसको केन्द्र बनाउनुपर्नेमा जोड दिए । साथै झापा–५ का मतदाता राजनीतिक रूपमा सचेत रहेको र पपुलिजमको प्रभावमा नपर्ने एमालेको आन्तरिक विश्लेषण रहेको पनि उनले बताए । महासचिव पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो स्थानमा रहने दाबीसमेत गरे ।