न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब टाइगर कप भलिबलको च्याम्पियन

२ महिना अगाडि
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब टाइगर कप भलिबलको च्याम्पियन

पोखरा । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ उपाधि जितेको छ ।

शुक्रबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । उपाधिसँगै न्यु डायमन्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

न्यु डायमन्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।