काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार तत्कालका लागि उक्त परिसरमा रहेका ६ वटा भवन प्रयोगमा ल्याइनेछ । नयाँ संसद भवनको निर्माण पूर्ण रूपमा नसकिए पनि आवश्यक संरचना तयार भएकाले बैठक सञ्चालन गर्न समस्या नहुने सचिवालयको दाबी छ ।