काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि सोमबार पनि सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको थियो । आइतबार भने सुनको मूल्य एकैदिन ११ हजार ७०० रुपैयाँले घटेको थियो ।
आइतबार ठूलो गिरावट आएको सुनको मूल्य त्यसपछि लगातार बढिरहेको छ । पछिल्लो तीन दिनको वृद्धिसँगै सुनको मूल्य पुनः २ लाख ८३ हजार रुपैयाँभन्दा माथि पुगेको हो ।
यसैगरी, चाँदीको मूल्य पनि बुधबार बढेको छ । मंगलबार प्रतितोला २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँमा झरेको चाँदीको मूल्य बुधबार १० रुपैयाँले बढेर ३ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।