सेयर बजार ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नाघ्यो

२ हप्ता अगाडि
सेयर बजार ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नाघ्यो

काठमाडौं । बुधबार सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४ अंकमा पुगेको छ । यो परिसूचक साउन ३० यताकै उच्च हो ।

आजको कारोबारमा २४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको मूल्य घटेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

बजारमा कारोबार रकमसमेत बढेको छ । मंगलबार ५ अर्ब ८० करोड रुपैयाँको कारोबार भएकामा बुधबार ७ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो कारोबार रकम भदौ ३० यताकै उच्च हो ।

बुधबार जलविद्युत् क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस समूहको सूचक सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ । व्यापार समूहबाहेक सबै समूहगत सूचकमा वृद्धि भएको छ ।

बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, वित्त १.५५ प्रतिशत, होटल तथा पर्यटन १.३४ प्रतिशत, लगानी १.५२ प्रतिशत, जीवन बीमा १.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६६ प्रतिशत, लघुवित्त ०.८७ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत र अन्य समूहको सूचक ०.८५ प्रतिशतले बढेको छ । व्यापार समूह भने ०.४४ प्रतिशतले घटेको छ ।

बुधबार हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । बुटवल पावरको मूल्य १०.६० प्रतिशत, सुपर खुदी हाइड्रोपावरको ६.२६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२ प्रतिशत, युनियन हाइड्रोपावरको ५.८६ प्रतिशत, सान्जेनको ५.८१ प्रतिशत, स्वस्तिक लघुवित्तको ५.६७ प्रतिशत र होटल फरेस्ट इनको मूल्य ५.४१ प्रतिशतले बढेको छ ।

यस दिन सिर्जनशील लघुवित्तको सेयर मूल्य २.३० प्रतिशत, चिरख्वा हाइड्रोपावरको २.१२ प्रतिशत र माथिल्लो मैलुङखोलाको १.९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी, घलेम्दी हाइड्रोपावर, बुटवल पावर, अपी पावर, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर र कुमारी बैंक क्रमशः अगाडि रहेका छन् ।