काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेर प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि लगातार चार दिन बढेको सुनको मूल्य शुक्रबार घटेको हो ।
चार दिनको अवधिमा सुनको मूल्य कुल ५ हजार रुपैयाँले बढेको थियो । बुधबार तोलामा ९०० रुपैयाँ, मंगलबार ८०० रुपैयाँ र सोमबार ३ हजार रुपैयाँले सुनको मूल्य बढेको थियो । साताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा ११ हजार ७०० रुपैयाँले घटेको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।