माैसम पूर्वानुमान

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

१ हप्ता अगाडि
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौं । देशका केही भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार देशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।

विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ ।

आज राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने विभागले जनाएको छ । तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।