काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि हिजो पनि सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको थियो ।
गत आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको थियो । त्यसअघि लगातार चार दिनमा भने सुनको मूल्य ५ हजार रुपैयाँले बढेको थियो । कात्तिक ८ गते सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव देखिँदै आएको छ ।
यता, चाँदीको मूल्य भने आज प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ पुगेको थियो ।