सही निर्णय गर्दा नडराउन प्रधानमन्त्रीको प्रहरीलाई आग्रह

२ महिना अगाडि
सही निर्णय गर्दा नडराउन प्रधानमन्त्रीको प्रहरीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कर्तव्यपालनका क्रममा प्रहरीले लिने व्यावसायिक र सही निर्णयहरूको जिम्मेवारी राज्यले लिने स्पष्ट पार्दै, त्यस्ता निर्णय गर्दा कुनै पनि प्रकारको आलोचनाबाट नडराउन नेपाल प्रहरीलाई आग्रह गरेकी छन्।

नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भदौ २३–२४ पछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिका कारण प्रहरी संगठनले चुनौतीपूर्ण अवस्था सामना गर्नुपरे पनि संस्था क्रमशः अझ संगठित, सक्षम र विश्वसनीय बन्दै गएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले प्रहरी सेवामा इमानदारी, व्यावसायिकता तथा मानव अधिकारको सम्मानलाई सर्वोच्च प्राथमिकतामा राख्न निर्देशन दिँदै जनताको सुरक्षा र सेवा प्रवाहमा कुनै पनि सम्झौता नगर्न आग्रह गरिन्।