नेप्सेमा सामान्य सुधार, २.६४ अंक बढेर २६५५ बिन्दुमा बन्द

१ हप्ता अगाडि
नेप्सेमा सामान्य सुधार, २.६४ अंक बढेर २६५५ बिन्दुमा बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार आएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा सम्हालिँदै २.६४ अंकले बढेर २६५५.२२ बिन्दुमा बन्द भएको हो ।

कारोबारको मध्याह्नतिर २६६२ बिन्दुसम्म पुगेको परिसूचक त्यसपछि केही ओरालो लागेको थियो । तर, अन्तिम समयमा सुधार देखिएपछि बजार सामान्य अंकले बढेर बन्द भयो ।

आज बजारमा ३३६ वटा स्क्रिप्सको कारोबार भएको छ । दिनभर ३३ हजार २१५ वटा कारोबारमार्फत १ करोड ७ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर मूल्य बढ्ने कम्पनीको संख्या घट्नेको भन्दा बढी रह्यो । कुल १५८ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबारमा आएका अधिकांश उपसमूहमा सुधार देखिएको छ । अन्य समूहमा भने सामान्य गिरावट आएको छ ।

आज सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयर मूल्य १४.०८ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार १९२ रुपैयाँ पुगेको छ । अन्य कम्पनीको सेयर मूल्यमा भएको उतारचढाव भने एकल अंकमा सीमित रह्यो ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट अग्रस्थानमा रह्यो । कम्पनीको २१ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।