साफ यु–१९ महिला

नेपालले भुटानलाई २–१ ले हरायो

२ महिना अगाडि
नेपालले भुटानलाई २–१ ले हरायो

पोखरा । पोखरामा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई २–१ गोलले पराजित गरेको छ।

पोखरा रंगशालामा सम्पन्न खेलमा नेपालका लागि सिर्जना बढुवाल र प्रजिता राईले गोल गरे भने भुटानकी सोनाम छोडेनले सान्त्वना गोल गरिन्। खेलको ३६औँ मिनेटमा सिर्जनाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।

७९औँ मिनेटमा प्रजिताले दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। ८८औँ मिनेटमा सोनामले गोल गरे पनि भुटान खेलमा फर्कन सकेन। नेपालकी सिर्जना बढुवाल ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

यसअघि आजै भएको पहिलो खेलमा बंगलादेशले भारतलाई २–० ले हराएको थियो।