सुन तोलामा १३०० र चाँदी ४५ रुपैयाँले बढ्यो

४ दिन अगाडि
सुन तोलामा १३०० र चाँदी ४५ रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढ्दा चाँदीको मूल्य ४५ रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबारको तुलनामा सुनको मूल्य १ हजार ३०० रुपैयाँले बढेको हो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ८५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।