काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार सामान्य अंकले बढेर बन्द भएको छ।
कारोबारको सुरुआतमा २७ सय ६ अंकसम्म पुगेको नेप्से उतारचढावपछि १.५३ अंकले बढेर २६९५.७३ अंकमा बन्द भयो । आइतबारको तुलनामा सोमबार कारोबार रकम घटेको छ। आइतबार ९ अर्बभन्दा बढी कारोबार भएकोमा सोमबार ८ अर्ब २२ करोड रुपैयाँमा सीमित भयो।
सोमबार ११४ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूह १.७७ प्रतिशत र विकास बैंक समूह ०.७७ प्रतिशतले बढेको छ।