फागुन १ देखि स्वास्थ्य बिमा ओपीडी सुविधा घट्ने

२ महिना अगाडि
फागुन १ देखि स्वास्थ्य बिमा ओपीडी सुविधा घट्ने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले फागुन १ गतेदेखि बिमा सेवा सुविधा घटाउने निर्णय गरेको छ। बोर्डले व्ययभार कम गर्न भन्दै बहिरंग (ओपीडी) सेवा एक वर्षमा २५ हजार रुपैयाँसम्म सीमित गर्ने निर्णय गरेको हो।

यो निर्णयसँगै अब स्वास्थ्य बिमा गरेका एक परिवारले वार्षिक रूपमा अधिकतम २५ हजार रुपैयाँ बराबरको मात्र ओपीडी सुविधा पाउनेछन्। बोर्डले गत २४ पुसमा बसेको बैठकको निर्णयबारे सोमबार सूचना जारी गर्दै जानकारी दिएको हो।

सूचनामा ओपीडी बाहेक अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचारको सुविधा भने यथावत् रहने उल्लेख गरिएको छ। ओपीडी सेवामा सबैभन्दा धेरै खर्च हुने भएकाले सुविधा घटाउने निर्णय गरिएको बोर्डले जनाएको छ।