जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न राष्ट्रपति पौडेलको आग्रह

२ महिना अगाडि
जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न राष्ट्रपति पौडेलको आग्रह

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका प्राथमिकताका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्ताहरूलाई आग्रह गरेका छन्।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा जापानको राजधानी टोकियोमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी तथा कृषि क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए।

राष्ट्रपति पौडेलले राजनीतिक मुद्दाहरू निष्कर्षमा पुगेपछि अब नेपालको प्राथमिकता द्रुत सामाजिक–आर्थिक विकास र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको बताए। राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनले नेपाल लगानीका लागि सुरक्षित र आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गरेका थिए।