काठमाडौं । रुसले युक्रेन र अमेरिकासँग संयुक्त रूपमा युएईको अबुधाबीमा चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि नयाँ चरणको वार्ता मंगलबारदेखि सुरु हुने पुष्टि गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ता बुधवार र बिहीवार हुने बताएका थिए । तर वार्ताको प्रक्रिया मंगलबारबाटै सुरु भएको भनिएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार वार्ता रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चौथो वार्षिकोत्सव नजिकिँदै गर्दा हुन लागेको हो । वार्तामा रुसले कब्जा गरेको पूर्वी डोनबास क्षेत्र प्रमुख एजेन्डा हुने अपेक्षा गरिएको छ।
यद्यपि हालसम्म कुनै पनि पक्षबाट ठोस सफलता देखिएको छैन। अमेरिकाले युद्ध अन्त्यका लागि दुवै पक्षलाई दबाब दिइरहेको छ।