काठमाडौं । आइसिसी टी–२० पुरुष विश्वकप खेल्न पाकिस्तान क्रिकेट टोली श्रीलंकाको राजधानी कोलम्बो पुगेको छ। पाकिस्तान क्रिकेट बोर्डका अनुसार टोली मंगलबार श्रीलंका पुगेको हो।
पाकिस्तानले विश्वकपमा भारतसँग प्रतिस्पर्धा नगर्ने निर्णय गरेको छ। यसअघि भारत र पाकिस्तानबीच फेब्रुअरी १५ मा खेल तय गरिएको थियो। पाकिस्तानको निर्णय सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुनर्विचार गर्न आग्रह गर्दै यस्तो कदमले भविष्यमा समस्या निम्त्याउन सक्ने चेतावनी दिएको छ।
आईसीसी नियमअनुसार खेल बहिष्कार गरेमा सम्बन्धित टोलीलाई २० ओभरमा शून्य रन मानिने व्यवस्था छ।