काठमाडौं । सेयरबजारमा मंगलबार ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा झरेको छ।
यस दिन ६६ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको घटेको छ भने तीन कम्पनीको मूल्य स्थिर रहेको छ। कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता ८१ रुपैयाँ कमाएका छन्। एचएलआई लार्ज क्याप फन्डका लगानीकर्ताले पनि ९.९५ प्रतिशत नाफा कमाएका छन्।