एसएमई प्रवर्द्धनका लागि विश्व बैंकको ९ करोड ५० लाख डलर सहयोग

२ महिना अगाडि
एसएमई प्रवर्द्धनका लागि विश्व बैंकको ९ करोड ५० लाख डलर सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) को वित्तीय पहुँच विस्तार र रोजगारी सिर्जना गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ।

वासिङटन डिसीस्थित प्रधानकार्यालयले परियोजना स्वीकृत गरेको जानकारी दिँदै यसबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा गरिएको जनाएको छ। परियोजनाअन्तर्गत जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई लक्षित गर्दै निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ) लाई थप सुदृढ बनाइनेछ।