निर्वाचन विशेष

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक (उम्मेदवारको नामसहित)

२ महिना अगाडि
समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक (उम्मेदवारको नामसहित)

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेश गरेका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ। आयोगका अनुसार कुल ६३ राजनीतिक दलबाट प्राप्त बन्दसूचीमा ३ हजार १३५ जना उम्मेदवार अन्तिम रूपमा कायम भएका छन्।

आयोगका अनुसार कुल उम्मेदवारमध्ये १ हजार ७७२ जना महिला र १ हजार ३६३ जना पुरुष रहेका छन् । समानुपातिक प्रणालीअन्तर्गत महिलाको सहभागिता सुनिश्चित गर्ने संवैधानिक व्यवस्थाअनुसार दलहरूले सूची पेश गरेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले यसअघि दलहरूले पेश गरेका बन्दसूचीमा कानुनी मापदण्ड र समावेशी प्रतिनिधित्वका प्रावधानअनुसार अध्ययन गरी आवश्यक परे संशोधनका लागि सच्याउन निर्देशन दिएको थियो। सोही प्रक्रियापछि संशोधित तथा अन्तिम सूची सार्वजनिक गरिएको हो।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त मतको आधारमा सिट बाँडफाँट हुने व्यवस्था रहेको छ। आयोगले सार्वजनिक गरेको अन्तिम बन्दसूची नै निर्वाचन परिणामपछि सिट निर्धारणका आधारमा प्रतिनिधिसभा सदस्य चयनका लागि प्रयोग हुनेछ।

निर्वाचन आयोगले बन्दसूची सार्वजनिक भएसँगै समानुपातिकतर्फको उम्मेदवार व्यवस्थापन प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको जनाएको छ। अब निर्वाचन परिणामपछि दलहरूले पाउने सिट संख्याका आधारमा सोही सूचीबाट प्रतिनिधिसभा सदस्य घोषणा गरिनेछ।

समानुपातिकतर्फका बन्दसूचीमा परेका उम्मेदवार :