रास्वपा नेता बालेन्द्र शाह पूर्वी तराई भ्रमणमा, सामाजिक सञ्जाल दुरुपयोगबारे एमालेको आपत्ति

२ महिना अगाडि
रास्वपा नेता बालेन्द्र शाह पूर्वी तराई भ्रमणमा, सामाजिक सञ्जाल दुरुपयोगबारे एमालेको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह हाल पूर्वी तराई भ्रमणमा छन्। भ्रमणका क्रममा उनी मोरङ, सुनसरी हुँदै उदयपुर पुगेका छन्। यसक्रममा शाहले सप्तकोशी नदीस्थित खुवालुङको दर्शन गर्दै यसलाई पवित्र र आध्यात्मिक परम्पराको प्रतीकका रूपमा व्याख्या गरेका छन्।

शाह अहिले पूर्वी तराईका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवारसँग भेटघाट, छलफल तथा जनसंवादमा सक्रिय रहेका छन्। पार्टी स्रोतका अनुसार भ्रमणको उद्देश्य संगठन सुदृढीकरण र निर्वाचन अभियानलाई गति दिनु रहेको छ।

यसैबीच, नेकपा एमालेले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकोप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टी तथा उम्मेदवारविरुद्ध भ्रम सिर्जना गर्ने, निर्वाचन चिन्ह परिवर्तनजस्ता भ्रामक सामग्री निर्माण गर्ने कार्य निन्दनीय भएको एमालेको भनाइ छ।

पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गालीगलौज, अमर्यादित र असभ्य अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी विज्ञप्तिमार्फत दिएको छ।