कांग्रेसको चुनावी सभाको तयारी तीव्र, फागुन ७ बाट अभियान सुरु

२ महिना अगाडि
कांग्रेसको चुनावी सभाको तयारी तीव्र, फागुन ७ बाट अभियान सुरु

काठमाडौं । केन्द्रीय कार्यसमितिबाट पहिलो पटक भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा होमिएको नेपाली कांग्रेसले चुनावी सभाको तयारी तीव्र बनाएको छ। पार्टीले फागुन ७ गते जनकपुरमा मधेस सभा आयोजना गर्दै औपचारिक रूपमा चुनावी अभियानको सुरुवात गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगले तोकेको फागुन ४ देखि १८ गतेसम्मको प्रचारप्रसार अवधिमा कांग्रेसले देशका विभिन्न स्थानमा ठूला चुनावी सभा आयोजना गर्ने जनाएको छ। ती सभाहरूमा पार्टी नेतृत्वले नीति, कार्यक्रम र चुनावी प्रतिबद्धता सार्वजनिक गर्नेछ।

कांग्रेस स्रोतका अनुसार, प्रचारप्रसार अवधिमा हुने ठूला चुनावी सभामा उपसभापति विश्वप्रकाश शर्मा प्रमुख वक्ताका रूपमा सहभागी हुने छन्। पार्टीले मधेस सभा मार्फत संगठन सुदृढीकरण, मतदाता अपील र राष्ट्रिय मुद्दामा आफ्नो धारणा स्पष्ट गर्ने तयारी गरेको छ।

कांग्रेसले यसपटकको निर्वाचनलाई नेतृत्व, नीति र स्थायित्वको आधारमा जनसमर्थन जुटाउने अवसरका रूपमा लिएको जनाएको छ।