काठमाडौं । बुधबार सेयरबजार सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का अनुसार सूचक १।६४ अंकले घटेर २६८१।५० विन्दुमा बन्द भएको हो।
दिनभर ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारमा आएका २६० कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ। १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। लगानीकर्ताहरू बजारमा सतर्क देखिँदा सूचक सामान्य उतारचढावमै सीमित भएको विश्लेषकहरूको भनाइ छ। उनीहरूका अनुसार आगामी दिनमा आर्थिक तथा राजनीतिक घटनाक्रमले बजारको दिशा निर्धारण गर्नेछ।