काठमाडौँ २२ माघ । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ। बुधबार राति झापाको कमल गाउँपालिका–२ मा रहेको रास्वपाको सम्पर्क कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको हो। तोडफोडबाट कार्यालयको झ्यालका सिसा फुटेका छन् भने कार्यालय परिसरमा क्षति पुगेको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान खुल्न सकेको छैन र घटनाबारे अनुसन्धान सुरु गरिएको छ। आसपासका सीसीटीभी फुटेज संकलन तथा स्थानीयसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
रास्वपाका अनुसार उक्त सम्पर्क कार्यालय झापा–५ का उम्मेदवार तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० को चुनावी प्रचारप्रसार, मतदातासँग भेटघाट तथा संगठन विस्तारका लागि सञ्चालनमा ल्याइएको थियो। पार्टीले यो घटनालाई लोकतान्त्रिक अभ्यासविरुद्धको कार्य भन्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।