राजनीतिक गतिविधि सुरु गर्दै रवि लामिछाने

२ महिना अगाडि
राजनीतिक गतिविधि सुरु गर्दै रवि लामिछाने

काठमाडौँ २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिहीबारदेखि पुनः राजनीतिक गतिविधिमा सक्रिय हुने भएका छन्। खुट्टामा लागेको चोट अझै पूर्ण रूपमा निको नभए पनि लामिछाने चितवनमै पुगेर मतदातासँग भेटघाट तथा पार्टी गतिविधि सुरु गर्न लागेको उनको सचिवालयले जनाएको छ।

बिहीबार उनले चितवनमा पूजा–अर्चना गर्दै गृह प्रवेश गर्ने कार्यक्रम रहेको छ। त्यसपछि स्थानीय नेता तथा कार्यकर्तासँग राजनीतिक भेटघाट सुरु गर्ने बताइएको छ। खुट्टाको चोटका कारण उनलाई सहज रूपमा हिँडडुल गर्न कठिनाइ भएकाले तत्काल घरदैलो अभियानमा निस्कने सम्भावना कम रहेको पार्टीले जनाएको छ।

चोटका कारण केही समय सक्रिय राजनीतिबाट टाढा रहेका लामिछानेको पुनः सक्रियताले रास्वपाको चुनावी अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।