काठमाडौँ २२ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी प्रचारप्रसारका लागि मधेश यात्रामा निस्किएका छन्। बुधबार जनकपुर पुगेका घिसिङले बिहीबार बिहान जानकी मन्दिरमा पूजा–अर्चना गरेका छन्।
उनको सचिवालयका अनुसार घिसिङले मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर स्थानीय राजनीतिक कार्यकर्ता, सरोकारवाला तथा मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै पार्टी संगठन विस्तार र आन्तरिक रणनीतिबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ।
मधेश यात्रामार्फत स्थानीय मुद्दा बुझ्ने र मतदातासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्य राखिएको पार्टीले जनाएको छ।