वर्षमान पुनको नाममा नक्कली घोषणापत्र बनाइएको भन्दै उजुरी

२ महिना अगाडि
वर्षमान पुनको नाममा नक्कली घोषणापत्र बनाइएको भन्दै उजुरी

काठमाडौँ २२ माघ । नेकपाका नेता वर्षमान पुनले आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

पुनका अनुसार प्रतिस्पर्धी उम्मेदवारले मतदातामा भ्रम फैलाउने र आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले नक्कली प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमा प्रचार गरेका छन्। उनले पार्टीको आधिकारिक चुनावी घोषणापत्र लेखन अन्तिम चरणमा रहेको र आफूले मौखिक अभिव्यक्तिबाहेक कुनै छुट्टै लिखित प्रतिबद्धतापत्र सार्वजनिक नगरेको स्पष्ट पारेका छन्।

यस विषयमा सम्बन्धित निकायले छानबिन गरी दोषीलाई कारबाही गर्न उनले माग गरेका छन्।