सिरहा २३ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदातासँग भाषण होइन, काम गर्न सक्ने नेतृत्वलाई भोट दिएर एक पटक मौका दिन आग्रह गरेका छन्।शुक्रबार सिरहा र धनुषा जोड्ने कमला पुलको अवलोकनका क्रममा पूर्व मन्त्री घिसिङले आफू काम गर्ने पात्र भएको दाबी गर्दै जनताले परीक्षण गर्ने अवसर दिनुपर्ने बताए। उनले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका युवा नेतृत्व काम गर्न इच्छुक र प्रतिबद्ध रहेको उल्लेख गरे।
पुराना राजनीतिक शक्तिहरूले कामभन्दा बढी भाषण गरे,” घिसिङले भने,“अब जनताको हितका लागि काम गर्ने युवा नेतृत्व आवश्यक छ।
घिसिङले काम नगर्ने र जनतालाई छल्नेहरूको समय सकिएको टिप्पणी गर्दै काम गर्ने व्यक्ति नै जनताको प्रिय र जननेता बन्ने धारणा व्यक्त गरे। उज्यालो नेपाल पार्टीले गुणस्तरीय शिक्षा, कृषि क्रान्ति, सिँचाइ, विद्युतीकरण तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै घिसिङले देशको अर्थतन्त्र उकास्ने स्पष्ट योजना पार्टीसँग रहेको दाबी गरे।