पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई बहुमतसहित सरकारमा पुर्याउने लक्ष्यका साथ ‘अबकी बार सय पार’ को नारा लगाउन आग्रह गरेका छन् ।
कास्कीको पोखरामा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अबको सरकार गठबन्धनको नभई कांग्रेसकै नेतृत्वमा बन्नुपर्ने बताए । “कांग्रेसले सय सिट पार गर्ने गरी मत माग्नुपर्छ,” उनले भने ।
सभापति थापाले कांग्रेस बदलिएर आएको र बदलिएर आएको कांग्रेसले देश पनि बदल्ने दाबी गरे । उनले बहुमत प्राप्तिका लागि नेता–कार्यकर्ताले थप मेहनत र त्याग गर्नुपर्नेमा जोड दिए ।